युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी, । गुडका लागि प्रसिद्ध मानिने बैतडीमा पछिल्लो समय उखु पेल्ने युवा नहुँदा परम्परागत कोल थन्किने अवस्थामा पुगेका छन् भने गुड पकाउने खुदेउडा सुनसान बनेका छन् । गाउँका युवा रोजगारीका लागि बिदेसिएपछि महिलाहरूले परम्परागत कोलमा उखु पेल्न गोरु लगाएर गुड बनाउने परम्परा धानेका छन् ।

बैतडीमा पुस दोस्रो हप्तादेखि माघ, फागुन र चैतसम्म उखु पेल्ने चलन छ । परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा पाँच घण्टा आगोमा पकाएपछि गुड तयार हुन्छ । गुड पकाउने स्थानलाई यहाँ खुदेउडा भन्ने गरिन्छ । दिनभरि समूहिक रूपमा उखु पेलेर रातभरि गुड पकाउँदै खुदेउडामा रमाइलो गर्ने युवाको जमात अचेल मुस्किलले भेटिने गरेका छन् ।

सिगास गाउँपालिका–१ का उखु किसान पार्वती भट्टले कोल पेल्ने युवा नभएकाले गोरु लगाएर दिउँसो एक ताउला उखुको रस निकालेर साँझ नपर्दै खुदेउडा बन्द हुने गरेको बताउनुभयो । उहाँले युवा पलायन भएपछि गुड पकाउने परम्परा जोगाउन महिला किसानले घरायसी उपभोगका लागि मात्रै उखु लगाउन थालेको बताउनुभयो ।

गुड पाक्ने खुदेउडामा अचेल पहिलेको जस्तो रमाइलो छैन । शिक्षक टङ्कप्रसाद भट्टले दिनभरि उखु पेलेर रातभरि खुदेउडामा  गुड पकाउँदा देउडा, आइना बातै हालेर रमालो गर्ने परम्परा हराइसकेको बताउनुभयो । गाउँमा रोजगारी छैन । उहाँले स्थानीय सरकारले गुड उत्पादनमा प्रोत्साहन नगर्दा बैतडीका ग्रामीण क्षेत्रमा उखु लगाउने चलनसमेत घट्न थालेको गुनासो गर्नुभयो ।

विगतका वर्षमा ३० ताउला (गुड पकाउने तामाको भाँडो) मा उखु पेल्दै आउनुभएका बैतडी सिगास गाउँपालिका–१ का ७० वर्षीय लालमनी भट्टले यो वर्ष मुस्किलले पाँच ताउला गुड तयार भएको बताउनुभयो । उहाँले गाउँमा उखु लगाउने र कोल पेल्ने युवा नभएपछि उखु उत्पादन घटेको बताउनुभयो । गाउँमा महिला, केटाकेटी र ज्येष्ठ नागरिक मात्रै बाँकी रहेको उहाँले बताउनुभयो ।

आयुर्वेदिक गुण 

बैतडीको गुड आयुर्वेदिक औषधीमा प्रयोग हुँदै आएको छ । सदरमुकामस्थित आयुर्वेदिक मेडिकलका सञ्चालक वैद्य भोजराज भट्टले बैतडीको स्थानीय गुड खोज्न मुस्किल हुन थालेको बताउनुभयो । उहाँले तामाको भाँडामा पकाएको बैतडीको गुड शरीरका लागि अमृत समान भएको बताउनुभयो । उहाँले गुड आशव आरिस्ट जस्ता आयुर्वेदिक झोल औषधीका रूपमा प्रयोग हुने बताउनुभयो ।

उहाँले गुडमा क्याल्सियम, आइरन, पोटासियम, सोडियम, फस्फोरस र प्रोटिन जस्ता प्राकृतिक गुणकारी तìव पाइने भएकाले गुड शक्तिवर्धक, रक्त शुद्धता, बाथ रोग, दम रोग, अपच र महिनावारी अनियमिततामा लाभकारी हुने बताउनुभयो ।

भेलीको प्रयोग बढ्यो  

बैतडीको स्थानीय गुड प्रतिकिलो दुईदेखि तीन सय रुपियाँसम्म बिक्री हुने गरे पनि माग अनुसार स्थानीय गुड पाइँदैन । बैतडीमा स्थानीय गुड उत्पादन घटेपछि अहिले तराईका जिल्लामा उत्पादन हुने भेलीको गुडले बजार ओगटेको छ । व्यापारी शेरसिंह भण्डारीले स्थानीय गुड नपाएपछि बाहिरी जिल्ला र भारतीय बजारबाट आएको गुड र चिनी बिक्री गर्दै अइरहेको बताउनुभयो ।

गुड पाइने घरमा अहिले चिनीको उपभोग बढ्दै गइरहेको छ । शिक्षक धनबहादुर ऐरीले गुडको चिया खाने चलन हराइसकेको बताउनुभयो । उहाँले एक केजी गुडको मूल्य दुईदेखि तीन सय रुपियाँ पर्ने भएकाले एक सय रुपियाँ प्रतिकेजीमा पाइने चिनीको प्रयोग बढेको बताउनुभयो । “गाउँमा युवा छैनन् । अधिकांश मानिस बसाइँ सरेर तराई झरिसके । पहाडको आधा जमिन बाँझो छ । यहाँ उखु कसले लगाउने ?” उहाँले भन्नुभयो, “बाध्यताले पहाडमा बसेका किसानलाई कहीँबाट पनि उखु खेतीमा प्रोत्साहन मिल्दैन । उखु पेल्ने कोल किन्न ३० हजार रुपियाँ पर्छ ।

समान्य किसानले उखु पेल्ने कोल किन्न सक्दैनन् । त्यसैले बेरोजगार युवा उखु खेतीभन्दा भारत जान तयार हुन्छन्,” उहाँले भन्नुभयो ।  गाेरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय