कैलालीः कैलाली जिल्लाको गोदावरी नगरपालिका-८ मा
एक घरकाे गोठमा आगलागी भएको छ।
आईतवार दिउँसो साेही ठाउँ मझगाउँ बस्ने श्यामलाल चौधरीको २ तले ६ कोठे कच्चि गोठमा आगो ताप्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उक्त आगलाबाट गोठ भित्र रहेका चम्फा ट्याक्टर, काठ, भुसा पराल, पाईप लगायतका सामान गरी अन्दाजी ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
उक्त आगाेलाई दमकलकाे सहयाेगमा प्रहरी, स्थानियले नियन्त्रणमा लिएकाे हाे । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।











