मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा ट्याक्टर दुर्घटना भएकाे छ । जिल्लाकाे जोरायल गाउपालिका -३ चन्कट्टे स्थित सौनेनी खोलामा से २ त ३६८० नम्बरको ट्याक्टर दुर्घटनामा परी चालक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा साेहीँ गाउँपालिका वडा नम्बर ३ का चालक २८ वर्षीय बिष्णुराज अवस्थी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ । घाइते अवस्थीकाे दाहिने खुट्टामा गम्भीर चाेट लागेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताउनु भएकाे छ । घाइते चालककाे स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि कैलाली रेफर गरिएकाे श्रीवास्तवले बताउनु भएकाे छ ।
उक्त ट्याक्टर आज (आइतबार) करिब साढे ४ बजे चन्कट्टेदेखि अबस्थित गाउँ तर्फ जाँदै गर्दा आफै अनियन्त्रित भइ दुर्घटना भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे छ । ट्याक्टर दुर्घटना ग्रस्त अबस्थामा भेटि स्थानीयले प्रहरीलाई खबर गरेकाे पछि प्रहरी घटनास्थलमा पुगेकाे प्रहरी नायब उपरीक्षक श्रीवास्तवले बताउनु भयाे ।











