डोटी/ डोटीमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका–१ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार खड्काकाे जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएकाे छ।











