कञ्चनपुर / कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–६ मा युवती हत्या आरोपमा एक युवक पक्राउ परेका छन्।
साेही ठाउँ २२ वर्षीया लक्ष्मी खडकाको हत्या आरोपमा उनकै प्रेमी भनिएका हुम्लाको सिमिकोट गाउँपालिका–४ का भेषराज शाही पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
खड्का भीमदत्त नगरपालिका–१८ खैरभट्टीमा मृत भेटिएकी थिइन्। पक्राउ परेका शाही नन्दा जोशीको घर रेखदेखको काम गर्ने गरेकाे प्रहरी स्राेतबाट बुझिएकाे छ ।
फोनबाट चिनजानमा आएकी मृतक खड्का ४ दिनअघि घरबाट शाहीसँगै भागेर गएकी थिइन्। मृतक खड्काका परिवारले शाहीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भैरकाे छ प्रहरीले जनाएको छ ।











