मनमाेहन ठकुल्ला,सिलगढी/ डाेटीकाे पूर्वीचाैकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायलाई पितृशोक परेको छ । अध्यक्ष उपाध्यायले गएराति भावविह्वल हुँदै सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना पिताकाे निधन भएकाे जानकारी गराउनु भएकाे थियाे ।
अध्यक्ष उपाध्यायका पिता यदुप्रसाद उपाध्यायकाे गएराती शुक्रबार १० बजे ८४ वर्षको उमेरमा निधन भएकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बल बहादुर खड्काले बताउनु भएकाे छ ।
युदुप्रसाद लामाे समयदेखि दम राेगका विरामी रहेकाे अध्यक्ष खड्काले बताउनु भएकाे छ । अध्यक्ष उपाध्यायका पिताकाे आज बिहान १० बजे गाउँपालिकाकाे वडा नम्बर ४ अबस्थित त्रिवेणी धामामा दाहसंस्कार गरिने खड्काले बताएका छन् ।
युदुप्रसादका २ छाेरा मध्ये रामप्रसाद उपाध्याय जेठा छाेरा हुन् ।











