युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमोहन ठकुल्ला, सिलगढी
डोटीको जोरायल गाउँपालिका ३ सरस्वतीनगर चन्कट्टेमा निर्माणाधीन अस्पतालको काम सम्झौता मिति चुकेको पाँच महिना बितिसक्दा पनि अलपत्र अबस्थामा रहेको छ ।

१५ शैयाको अस्पताल निर्माण कार्यको लागि वि. स २०७८ साउन १९ गते २ वर्ष भित्र निर्माण गर्ने भनी ’राजेन्द्र निर्माण सेवा’ कम्पनीसँग सम्झौता भएको गाउँपालिकाले जानकारी दिएको छ । सम्झौता भएपछि उक्त कम्पनीका ठेकेदार भिम बहादुर साँउदले काम सुरू गर्छु भनी वि. स २०७८ साल माग १० गते १ करोड ९६ लाख ८० हजार पेस्कीसमेत लिएको गाउँपालिका सूचना अधिकारी चन्द्र सिंह ऐडीले जानकारी दिएका छन् ।

भवन निर्माणको सम्झौता मिति सकिएपछि गत असार महिनामा ’ठाउँ सारी पाउँ भवन निर्माणको काम सुरू गर्छु’ भन्दै गाउँपालिकालाई उक्त निर्माण सेवा कम्पनीका ठेकेदार भिम बहादुर साउँदले निवेदन दिएको ऐडीले जानकारी दिएका छन् । बेलाबेलामा ठेकेदार साँउदलाई काम सुरू गर्नु भनेर गाउँपालिकाले लिखित तथा मौखिक अभिव्यक्तीबाट अनुरोध गर्दा पनि ठेकेदार साउँदले काम अगाडि नबढाएको सुचना अधिकारी ऐडीले बताएका छन् ।

उक्त १५ करोडको अस्पताल निर्माण गर्न भनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोग गरेको थियो ।

निर्माणधिन अस्पतालको काम २ वर्षमा कम्पनीले सक्नु पर्ने थियो । सम्झौता भएको २ वर्ष ५ महिना बितिसक्दा पनि भवन बन्ने कुनै ठेगान नभएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् ।

ठेकेदार साउँदलाई बेलाबखतमा अस्पतालको काम अगाडि बढाउन अनुरोध गरेको भएपनि आनाकानी गरेको उपाध्यक्ष जमुना बोहराले बताएकी छन् । ठेकेदारसँग गाउँपालिकाले किन काम रोकिएको हो भन्दा ठेकेदार साउँदले “भवन निर्माणको लागि ठाउँ पुग्दैन, कामै गर्न सक्दैन“ भन्ने अभिव्यक्ति दिएको बोहराले बताइन् । वर्तमान समयसम्म निर्माणाधीन अस्पतालको फिल्ड सम्याउने कामसमेत पूरा नभएको उपाध्यक्ष बोहराको भनाइ छ ।

अब गाउँपालिकाले के निर्णय लिदैछ भन्ने प्रश्नमा उपाध्यक्ष बोहराले भनिन् “ गाउँपालिकामा सबै सरोकारवालालाई बोलाई बैठक राखेर के निर्णय लिने भन्ने सबै कुरा त्यहाँ छलफल हुन्छ ।” कुरा थपिन “उक्त ठेकेदार जोरायल गाउँपालिकामा विकासको बाधक बनेको उनको आरोप छ ।” त्यतिमात्र भनिनन् “भौतिक मन्त्रालयबाट पाल्नुभएका प्रकाश देउवाले समेत काम अगाडि बढाउछु भनेको तर कुनै चाँसो नदेखाएको उनले बताईन् ।

अस्पतालले भवनको अभावका कारण तोकेबमोजिम तथा मापदण्ड अनुरूप सेवा प्रवाह नदिन सकेको गाउँपालिका स्वास्थ्य संयोजक गोबिन्द बिष्ट बताए । संयोजक बिष्टले भने “पूर्ण राम्रो स्तरीय सेवा प्रवाह गर्न अहिले अफ्ट्यारो छ ।“ अस्पतालमा बिरामी बाेकेर आउने कुरूवाहरूलाई पनि सास्ती छ।

अस्पतालसँग बर्थिङ, ल्याब, लगायतका सेवा प्रवाह गर्नको लागि कोठा नहुँदा थप समस्या झेल्नु परेको संयोजक विष्टले बताए । संयोजक बिष्टले भने “कहिलेकाही इमर्जेन्सी केशका बिरामी आउदा थप समस्या बल्झिन्छ, २÷३ वटा प्रसूति आँउदा गाह्रो हुने गर्छ ।“ बिष्टले थपे “ सकेजति सवा दिइरहेका छौँ, भवन निर्माण भईदिएको भए गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिने थियो ।“

हामीले राजेन्द्र निर्माण सेवा कम्पनीका ठेकेदार भिम बहादुर साउँदलाई पटकपटक फोन उनले कुनै बेला फोन काट्ने कुनै बेला फोन नउठाउने गरेका छन् ।

त्यसपछि हामिले उक्त कम्पनीका लेखापाल पुष्प साँउदसँग उक्त अस्पताल निर्माणकार्यको विषयमा बुझ्दा जमिनको अभावका कारण काम अगाडि नबढेको बताए । उक्त अस्पताल निर्माण गर्न आसपासको जमिन काट्दा समेत ठाउँ नपुग्ने भएपछि काम नगरेको लेखापाल साउँदले बताए । तर साउँदले अस्पताल निर्माणको काम अर्काे ठाउँका लागि गाउँपालिकासँग कुरा भईसकेको भनेका छन् ।

हामीले फेरि गाउँपालिकासँग बुझ्दा “सम्झौता मिति सकिएको छ, अब कसरी ठेकेदारले अस्पताल निर्माण गर्छ भन्ने विस्वास गर्नु अब त्यो विषयमा गाउँपालिकाले छिट्टै निर्णय गर्दैछ ।“

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय