युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डडेलधुरा,  नेपाल सरकारले देशका विभिन्न १० वटा सहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना अनुरूप सदरमुकाम अमरगढीलाई स्मार्ट सिटीका रूपमा विकास गर्न बजेट विनियोजन भएको छ ।

अमरगढी सहरभित्रका सडक स्तरोन्नतिका लागि नयाँ सहर आयोजना समन्वय कार्यालयमार्फत ९१ करोड रुपियाँ बजेट विनियोजन भएको हो । २०७५ सालमा अमरगढी स्मार्ट सिटी निर्माण गुरु योजना (मास्टर प्लान) तयार गरिएको थियो ।

नयाँ सहर आयोजना समन्वय कार्यालय काठमाडौँले अमरगढी स्मार्ट सिटी अन्तर्गत बागबजार–टुँडिखेल–हस्पिटल–रिङ रोड र लिङ्क रोडहरू गरेर १६.८४४ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्य भइरहेको कार्यालयका इन्जिनियर मोनिका महर्जनले जानकारी दिनुभयो ।

पर्यटकीय, व्यापारिक र कृषि उत्पादनका लागि प्रख्यात ठाउँहरूलार्ई थप व्यवस्थित बनाइ स्मार्ट सिटीको परिकल्पना गरिएको उहाँले बताउनुभयो । स्मार्ट सिटीका लागि आवश्यक भवन, विद्युत्, खानेपानी, फोहोर व्यवस्थापन, यातायात, शिक्षालगायत सुविधा हुन आवश्यक छ । स्मार्ट सिटी अन्तर्गत अमरगढी नगरपालिकामार्फत उग्रतारा मन्दिर, घटालथान, रावतोली विशकुटी गुफा क्षेत्रमा केही रकम खर्च गरेर पूर्वाधार निर्माणका काम गरिएको छ ।

स्मार्ट सिटी योजना निर्माणका लागि विनियोजन भएको बजेटबाट केही थप पूर्वाधारहरू निर्माणको काम भइरहेको अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले बताउनुभयो । “भौतिक पूर्वाधार निर्माणका धेरै योजना माग भएका छन्,” उहाँले भन्नुभयो, “अहिले बजेट नै घटेर आएपछि सबै योजना समेट्न सकिएको थिएन । स्मार्ट सिटी अन्तर्गत आउने बजेटले नगरभित्रका सडकमा नाली, पर्खाल निर्माणका साथै कालोपत्रे गरिएको छ ।”  गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय