कैलाली / कैलालीको धनगढीमा भन्सार छलिका सामानसहित डोटीका एक युवक पक्राउ परेका छन्। बिहीबार साँझ पक्राउ पर्नेमा डोटी जिल्लाकाे शिखर नगरपालिका-१ का ३० वर्षीय पदमबहादुर साउँद रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
साँदलाई धनगढी उपमहानगरपालिका-३ ब्यारेल अगाडीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ५५ हजार मूल्य बराबरको सामानसहित नियन्त्रणमा लिएकाे हाे ।
उक्त मूल्य बराबरका गाडीका पार्टपुर्जा (ब्लकहोल्डर, ग्लयान्डर मेसिन, गाडीको हर्न, रेगुलेटर, फोर पिन रिले, टर्मिनल, बेरिङ्ग लगायत सामान बरामद गरेकाे कैलाली प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीका अनुसार यस्तै धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अन्दाजी २४ हजार ४ सय १० मूल्य बराबरको प्याज, चिनी, गुडपापडी, सरप, पानीपुरी, बिडी लगायतका सामान बरामद गरिएको छ। साथै धनगढी उपमहानगरपालिका-९ त्रिबेणी घाटबाट अन्दाजी ९० हजार मूल्य बराबरको पानी तान्ने मोटर बरामद गरिएको प्रहरी स्राेतले जनाएको छ ।











