कैलाली / कैलालीको धनगढीमा ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन्।
बुधवार त्रिनगर प्रहरी चौकीको टोलीले शंकाकाे आधारमा चेकजाँच गर्दा पला पारी २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया बिष्टलाई पक्राउ गरिएकाे कैलाली प्रहरीले जनाएको छ ।
स्कुटरमा सवार उनीहरू मध्ये रिया बिष्टको साथबाट २ सय ग्राम खैरो हिरोईन फेला परेको हो। दुबै जनालाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भैरहेको छ ।











