बझाङ / बझाङ जिल्लाको थलारा गाउँपालिका ८ मा लडेर एकजना घाइते भएका छन ।
घाइते हुनेमा देवस्थलिका ६३ वर्षीय मदनराज पाध्याय रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आज दिउँसो १२ बजेको समयमा उनी आफ्नै घरमा सिडी चढ्ने क्रममा लडेर घाईते भएका हुन ।
लडेर घाईते भएका उनलाई जिल्ला अस्पतालमा बझाङमा लगिएकाे थियाे। चेकजाँच पश्चात् उनकाे बायाँ छातिको १० वटा क्ररङ भाचिएको छ भने बायाँ काधमा चोट लागेको अस्पतालले जनाएको छ । उनकाे जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि धनगढी लैजाने तयारी भैरहेकाे स्राेतले जनाएको छ ।











