युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला डाेटी,
डाेटीकाे सायल गाउँपालिकामा निर्माणाधीन स्वास्थ भवनका ठेकेदार पेस्की लिएर लामाे समयदेखि सम्पर्क विहीन भएका छन् ।

गाउँपालिकाकाे स्वास्थ्य भवन निर्माण कार्यकाे लागि वि. स २०७८ साउन २० गतेदेखि ३ वर्ष भित्र निर्माण कार्यकाे लागि सम्झौता भएकाे भएपनि टिबिआर कन्ट्रक्सन प्राली नामक कम्पनीका ठेकेदार गाेकर्ण शाहले ८४ लाख पेस्की लिएर सम्पर्क विहीन भएकाे गाउँपालिकाले जानकारी दिएकाे छ ।

उक्त निर्माणधिन स्वास्थ्य भवनकाे काम ३ वर्षमा सक्नु पर्ने थियाे । सम्झौता भएकाे ढाइ वर्ष बितिसक्दा पनि भवन बन्ने कुनै चाँजोपाँजो छैन् । भवनकाे काम अलपत्र पारी ठेकेदार सम्पर्क विहीन भएपछि गाउँपालिकाले बेलाबखत ठेकेदार सम्पर्क आउन र काम सुरु गर्न आग्रह गर्दा समेत ठेकेदार सम्पर्क नआएकाे उक्त गाउँपालिका अध्यक्ष धर्मराज जाेशीले बताए । ठेकेदारले दुई वर्ष अगाडि पेस्की लिएकाे भएपनि भवन निर्माण कार्यकाे लागि आफू निर्वाचित भएर आइसकेपछि तीन पटक पत्राचार गरेकाे अध्यक्ष जाेशीले बताएका छन् ।

दुई वर्ष अगाडि टेण्डर भएर पेस्की भुक्तानी भएका कारण काम सुरू गर्न भनी आफ्नाे तर्फबाट पटकपटक पत्राचार र हजार चाेटी भन्दा बढी फाेन गर्दा पनि आउछु भन्दै बाहाना बनाउने गरेकाे गाउँपालिका अध्यक्ष जाेशीकाे आराेप लगाएका छन् ।

अध्यक्ष जाेशीले भने ‘ मैले स्थानीय व्यक्तिहरूलाई बसाएर त्याे विषयमा छलफल गरिसकेकाे छु । भवन निर्माणकाे काम १ वर्ष मात्रै बाँकी रहदै गर्दा सम्पर्कमा नआए कार्वाही प्रक्रिया अगाडि बढाउने भनेर अन्तिम पत्राचार गर्दा ठेकेदारले आफू कामकाे लागि सायलमा पुस २० गते हाजिर हुन्छु भनी बताएका छन् । यदि ठेकेदार गाेकण शाह उक्त दिन नआएमा अन्य विकल्प साेच्न बाध्य  हुनेछु ।”

सामाजिक सञ्जालमा ८४ लाख लिएर ठेक्केदार भागेकाे भन्ने छ त्यसमा तपाईं के भन्नू हुन्छ भनी हामिले प्रश्न गर्दा अध्यक्ष जाेशीले भने – “पेस्की लिएर गएपछि ठेकेदार भागेकै भनाैँ । तर ठेकेदार शाहलाई पटकपटक फाेन गर्दा कहिले धनगढी कहिले काठमाडौ भन्ने गर्छ । अहिले कहाँ छ ? थाहा भएन मलाई !”

बजेट अभाव कारण स्वास्थ्य भवन निर्माण कार्य राेकियाे भन्ने पनि छ भन्ने हाम्राे जिज्ञासामा जाेशीले भने – “संघिय बजेट भएका कारण कामकाे प्रगति विवरण बुझाएपछि मात्र सरकारले बजेट दिने हाे । ठेकेदारले लिएकाे ८४ लाख पेस्कीकाे कुनै कामै गरेकाे छैन् । त्यसकारण संघिय सरकारबाट थप पैसा आउन सकेकाे छैन ।” भवन निर्माणकाे सन्दर्भमा कुरा गर्दा फिल्ड बनाएकाे र अरू कार्य अगाडि बढाउन नसकेकाे गाउँपालिका अध्यक्षकाे भनाइ छ ।

अध्यक्ष जाेशीले भने ” उक्त तीन वर्षीय ठेक्का ९ कराेडकाे रहेकाे छ । ठेकेदारले ८४ लाख लिएकाे भएपनि कामकाे कुरा गर्दा जिराे(शुन्य ) प्रगति भएकाे ठाेकुवा छ । अनुमानित लागत १० कराेडकाे हाे ।

यति कुरा हामीलाई प्राप्त भैसकेपछि हामीले नितान्त रूपमा बुझ्न ‘टिबिआर कन्ट्रक्सन प्राली’का ठेकेदार गाेकण साहलाई फाेन गरेका थियाैँ । हेलाे भन्न नपाउदै उताबाट ठेकेदार शाहले म बिरामीछु काे हाे भनिसक्नु भ्यायाे । स्वास्थ भवनकाे विषयमा बुझ्न खाेज्दा म बिरामी छु फेरि के भन्नू हुन्छ ? २ सेकेन्ड बित्न नपाउँदै ठेकेदार शाहले भने ‘ हस्पिटल छु यार तपाईं के कुरा साेध्दै हुनुहुन्छ । उहाँलाई मेराे जवाफ थियाे । तपाईंको कम्पनीका अरू कर्मचारीबाट जानकारी लिन मिल्दैन ? ठेकेदार शाहले भने म बाहेक अरूकसैसँग मिल्दैन् । उनले थपि हाले ” मलाई १ हप्तापछि फाेन गर्नु ।”

यति कुरा भैसकेपछि १ हप्ता भित्र ठेकेदार शाहलाई पालिकाले सम्पर्कमा आउन निर्देशन दिएकाे छ भन्ने कुरा प्रष्ट हुन्छ । यस कुरालाई सहज रूपमा के बुझ्ने बाहाना हाे कि बिरामी भन्ने प्रश्न खडा हुन आउँछ ।

गाउँपालिका वडा न ४ का वडा अध्यक्ष जगत बहादुर सिंहका अनुसार उक्त १० शैयाकाे अस्पताल निर्माणकाे लागि सम्झौता र पेस्की लिएकाे भएपनि ठेकेदार गाेकण शाहले नटेढ्ने काम गरेकाे बताए । अहिले स्वास्थ सेवा टिनकाे ४ काेठे भवनबाट प्रवाह गरिदै आएकाे अध्यक्ष सिंहले बताए । केही समयकाे लागि स्वास्थ्य सेवा सहज प्रवाह गर्न वडा सरकार र आड्रा नेपाल नामक संस्थाबाट छुट्टै ५ काेठे भवन निर्माण कार्य अगाडि बढाएकाे बताउनु भएकाे छ । स्वास्थ भवन जस्तो चिन्ताकाे विषयलाई ठेकेदारले लापरबाही गरेकाे उनले बताएका छन् । यदि अब ताेकिएकाे सायमा ठेकेदार नपुगे सिधै कार्वाही गर्ने धम्की दिएका छन् ।

साेहि ४ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष टेक बहादुर सिंहका अनुसार उतिबेला ठेक्का सम्झौता हुँदा फिल्ड निर्माण वडा र गाउँपालिकाले गर्ने भवन निर्माण ठेकेदार कम्पनीले गर्ने सम्झौता भएकाे बताए । तर फिल्ड निर्माण गर्ने कार्य सम्पन्न भएकाे अढाई वर्ष बितिसक्दा पनि भवन निर्माण कार्य अगाडि नबढेकाे सिंहले बताए । उहाँले भन्नू भयाे ” भवन निर्माणकाे कुरा गर्नु हुन्छ भने आजसम्म सिन्काे भाँच्चेकाे छैन् ।” निवर्तमान वडा अध्यक्ष सिंहले थपे ” यहाँका जनप्रतिनिधिकाे कम्जोरी या ठेकेदारकाे त्याे कुरा बुझ्न सक्या छैन तर काममा भने धेरै लापरबाही भएकाे छ ।”

उहाँका अनुसार अहिले स्वास्थ्य सेवामा गतिलाे भवन नहुँदा बाधा पुग्ने गरेकाे छ । स्वास्थ्यले वर्तमान समयमा टिनकाे छानामुनी प्रसुति ( डेलिभरी) सेवा लगायत अन्य उपलब्ध सेवा दिइरहेकाे टेक बहादुर सींहले बताए । उक्त क्षेत्रका जनता अहिले स्वास्थ्य सेवामा मर्कामा परेका छन् । पहिले स्वास्थ्यले दिने सेवा राम्राे रहे पनि वर्तमान समयमा स्वास्थ्य सेवा खस्कदै गएकाे सिंहकाे आराेप छ । सेवाग्राहीलाई पनि सेवा लिन असहज वातावरण सिर्जना भएको उनकाे भनाइ छ । सिहले फेरि थपे” टिनकाे छाना मुनि प्रसुती ( डेलिभरी) सेवा दिँदा महिलाको स्वास्थ शरीरकाे के हालत हाेला ? जनता मर्कामा छन् र पिडामा छन्, स्वास्थ्य सेवाबाट बञ्चित नै भन्दा फरक नपर्ला ।”

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय