बझाङ / बझाङमा आगाे ताप्ने क्रममा शरीरमा आगो सल्किँदा एक बृद्ध महिला घाइते भएकि छन्। आगाेले पाेलिएर घाइते हुनेमा जिल्लाकाे दुर्गाथली गाउपालिका १ रावलगाँउ कि ८४ बर्षिया हिमकला देबि रावल रहेकाे आफन्ले जनाएको छ ।
घाइते बृद्वकाे कम्मर भन्दा तलको शरिरको २० देखि २५% भाग जलेको र अबस्था सामान्य रहेको जिल्ला अस्पताल बझाङले जनाएको छ । घाइते रावललको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
उनी बुधबार बिहान ९ बजे आफ्नै घरको सुत्ने कोठाकाे अगेनामा आगो बाली बसिरहेको अवस्थामा एक्कासी आगो शरिरमा सल्किएकाे पारिवारिक स्राेतकाे भनाइ छ ।











