अछाम / अछाम जिल्लाको साँफेबगर नगरपालिका–३ मा आगोमा परेर एक जना पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा साेही ठाउँका ३६ वर्षीय सुरेश कुवरको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनी घरभित्र भान्साकोठाको आगोमा परेर घाइते भएका हुन्। घाइते कुवरको उपचारकाक्रममा न्याय हेल्थ अस्पताल बयलपाटामा मङ्गलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी मृगी रोग भएको समेत खुल्न आएकाे छ ।











