युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, सिलगढी
सम विकास केन्द्र नेपाल डाेटीकाे पालिका स्तरीय सिकाइ समीक्षा बैठक सम्पन्न भएकाे छ । बुधबार सिलगढीमा सराेकारवालासँग एक ओैपचारिक कार्यक्रम गरी एक्सन एड नेपालकाे आर्थिक सहयागमा सञ्चालित गरी’द महिला नेटवर्क परियाेजना’ अन्तर्गत परियाेजना अवधिभर गरेका सम्पूर्ण कामकाे प्रगति विवरण प्रस्तुत गरिएकाे हाे ।

परियाेजना जिल्लाकाे दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, के आई सिह गाउँपालिका गरी ३ वटा स्थानीय तहमा लागू गरिएकाे थियाे । परियाेजना अबधिभर विभिन्न क्षेत्रहरूमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरिएकाे परियोजना अधिकृत रमा भण्डारीले बताइन् । द महिला नेटवर्क परियाेजनाकाे समूहमा बसेर महिलाहरूले क्षमता विकास गरी आत्मनिर्भर बन्दै गएकाे उनले बताइन् ।

महिलाहरूले समुहमार्फत आफ्नाे क्षमता विकास गरी समाजमा आफूमाथि हुने अन्यायपूर्ण व्यवहार बिरूद्व आवाज उठाउन सफल भएकाे दिपायल सिलगढी नगरपालिका ७ कि पदमा बिष्टले बताइन् । टाेलमा जाँडरक्सी प्रतिबन्ध लगाउन सफल भइ नियमकाे उलङ्घन् गर्नेहरूबाट ४ लाख रूपैयाँ संकलन गरिएकाे बिष्टले बताइन् ।

पहिले असमान ज्यालादरमा काम गर्न विवश महिलाहरू वर्तमान समयमा ‘समान कामकाे समान ज्याला’ सहजरूपमा पाउने गरेकाे दिपायल सिलगढी नगरपालिका ४ राजपुरकी धनसरा आउजीले बताइन् । संस्था मार्फत सहयाेग लिएर व्यापार व्यवसायमा तल्लिन भएकाे उनले बताइन् । पहिले महिलाले समान ज्याला खाेज्दा ठकेदारले डराउने काम गरेकाे उनले बताइन् । पहिले पुरूषकाे भरमा बाँचिरहेका महिलाहरू आफूमा आत्मनिर्भर छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिह खड्काका अनुसार संस्थाले विगतका दिनहरूमा झैँ आगामी दिनमा पनि उपलब्धि हाँसिल गर्ने उद्देश्य अगाडि बढाउनु पर्ने बताए । सबै क्षेत्रलाई रूपान्तरण गर्नु छ कर्तव्य ठानी अगाडि बढ्ने पर्ने बताएका छन् । प्रमख खड्काले भने ‘ जनताप्रति उतरदायि बनेर अगाडि बढ्ने बुद्धि सबैमा हुन्छ तर सत् बुद्वि सबैमा हुँदैन ।

सन २०१७ देखि महिलाकाे आवस्यकता, जीवन स्थर सुधार र आर्थिक सशक्तीकरणलाई जाेड दिने उद्देश्यले संस्था परियाेजना मार्फत् काम गर्दै आएकाे सम विकास केन्द्र नेपाल डाेटीका अध्यक्ष अधिराज विसीले बताए । स्थापनाकालदेखि संस्था समतामूलक समाज निर्माण गर्न जुटेकाे बताए । समाज सुधारकाे निमित्त छुवाछूत र महिलाहिंसा इत्यादि विरूद्व बुलन्द आवाज उठाएर समाज रूपान्तरण सफलका केही उदाहरण झल्काउन सफल भएकाे अध्यक्ष बिसीले बताएका छन् ।

कार्यममा बाेल्दै बिसीले भने ” हामी भन्ने भावनाले ‘ हामी’ भनेर आत्मसात गर्दै संस्था अगाडि बढ्ने छ, सबैकाे सहयाेगले संस्थालाई उत्प्रेरित बनाएकाे बताए ।

साथै परियाेजना सकिनै लाग्दा सहयाेगी संस्था एक्सनएड नेपाललाई प्रमाणपत्रसहित सम विकास केन्द्रले सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय