सिलगढी/ डाेटीमा प्रत्येक महिनाकाे १० र २५ गते व्यापार व्यवसाय डाेटीमा बन्द गर्ने निर्णय भएकाे छ ।
उधाेग बाणिज्य संघका अध्यक्ष बिक्रम साउँदका अनुसार साेमबार आम व्यापारी बजार बन्दका लागि एक जुट भएपछि उक्त निर्णय गरिएकाे हाे । बजार बन्दकाे निर्णय आउँदाे २५ गतेबाट पूर्णरूपमा कार्यान्वयन हुने भएकाे छ ।
पसलमा काम गर्ने संचालक, मजदुर एवम कामदारलाई आराम तथा मनाेरञ्जनकाे आवश्यकता महसुस गरिएकाले महिनामा २ पटक निर्णय बमोजिम बजार बन्द गर्ने निर्णय गरिएकाे अध्यक्ष साँदले बताएका छन् ।
तर हाेटल, अस्पताल, मेडिकल, पेट्रोल पम्प , तरकारी पसलहरू निरन्तर रूपमा सञ्चालनमा रहने भएका छन् । बाणिज्य संघकाे उक्त निर्णयकाे उलङ्घन गर्ने व्यापारीलाई दण्ड जरिवाना ताेक्नु पर्नेमा व्यापारीहरूले सहमति जनाएका छन् । लुकिछिपि व्यापार गरेकाे पाइएमा उधाेग बाणिज्य संघले पसल खाेल्ने व्यापारीलाई २ हजार ५ सय जरिवाना ताेक्ने निर्णय गरकाे छ ।
साथै नर बहादुर खड्काकाे संयाेजकत्वमा ९ सदस्यीय अनुगमन समिति गठन भएकाे छ ।
बजारमा सडक बत्ति, सिसिटिभि क्यामरा, गाडी पार्किङ , बजार सरसफाई, खानेपानी धारा जडान तथा शाैचालय निर्माणका लागि सराेकारवाला पक्षसँग समन्वय गर्ने अध्यक्ष साउँदकाे भनाइ छ ।
आर्थिक मन्दिका कारण व्यापारीहरू मारमा पर्दै गएकाले स्थानियस्तरमा आर्थिक गतिविधी बढ्ने खालका क्रियाकलाप संचालन गर्न भेलामा सहभागी व्यापारीहरूले उद्योग बाणिज्य संघलाई माग राखेका छन् ।
संघद्वारा डाेटीमा बजार बन्द गर्ने परिपाटी पहिले देखि भएपनि पछिल्लाे समयमा विविध कारणले राेकिएकाे थियाे ।











