बाजुरा / बाजुरामा मिलको सापटबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढिगंगा नगरपालिका-८ देउलिसैनका लोकेन्द्र रावलको ५ वर्षीया छोरी आचल रावल रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनकाे आइतबार साँझ मिलकाे सापटमा चुन्नी बेरिन गइ मृत्यु भएको जनाएको छ ।
सोही ठाँउ स्थित मिलको पछाडी सापटमा बालिकाकोे चुन्नी बेरीएर टाउकोमा चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी स्राेतकाे भनाइछ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











