युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

गणेश मौनी पुस ८ डोटी
कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीको नयाँ निर्मित भवन आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । नव निर्मित तिन तले भवनको महालेखा नियन्त्रक हरि प्रसाद मैनालीले उद्घाटन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कोष नियन्त्रक कृष्ण बहादुर धामीले बताए ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महालेखा नियन्त्रक मैनालीले सरकारी कार्यालहरुले कार्य सञ्चालन भुक्तानी प्रक्रिया गर्दा नीति नियम र विधिभन्दा बाहिर गएर काम गर्न नमिल्ने बताए ।
उनले भने हामी सँग कर्मचारी अभाव छ तर पनि विभिन्न प्रविधिको प्रयोगले गर्दा सेवा प्रवाहलाई छिटो छरितो चुस्त दुरुस्त बनाउन सकिने र प्रविधिको प्रयोग गरी सूचना प्रणालीको विकास अवलम्बन गर्न आवश्यक रहेको बताए ।
सरकारी निकायका कार्यालय प्रमुख र लेखा समूहका प्रमुख प्रतिनिधीहरुले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र नियमावली २०७७ बमोजिम मात्र काम काज गर्न र गर्न लगाउन आवश्यक रहेको समेत महालेखा नियन्त्रक मैनालीले बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले लेखा राख्ने पद्धतिको विकास दिनानुदिन दिन परिवर्तन भइरहेको परिस्थतीमा लेखा मानलाई विश्वसनीय बनाउन, लेखा पद्धतिको बारेमा पूर्ण जानकारी भई चुस्त दुरुस्त लेखा प्रणालीको अवलम्ब गर्न आवश्यक रहेको बताए ।
कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्य सञ्चालनमा सहयोग समन्वय तथा सहजिकरण गर्ने समेत प्रजिअ अर्यालले बताए ।
२०७७ साल फागुन १६ गते देखि निर्माण सुरु गरेको भवन २०७८ साल फागुन १० गते सम्पन्न भएको थियो । पी एस कस्टक्सन निमार्ण कम्पनीले निर्माण गरेको भवनको सम्झौता मूल्य भ्याट सहित १ करोड ८३ लाख४५ लाख ९ सय ७३ रहेको थियो । निर्माणको क्रममा तोकिएको समयमा भन्दा ८ महिना अघाडी भवन निमार्ण सम्पन्न गरेकोले निमार्ण व्यवसायी भट्टले सम्झौता रकम भन्दा बढी पुरस्कार स्वरूप १३ लाख ५१ हजार रुपैयाँ पाएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कोष नियन्त्रक धामीले बताए ।
भवन उद्घाटन कार्यक्रममा महालेखा नियन्त्रक हरि प्रसाद मैनालीले, सह महालेखा नियन्त्रक थान प्रसाद पंज्ञानी, जिल्ला अदालत डोटीका न्यायधीस शिवलाल पाण्डेय, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, सुरक्षा निकाएका प्रमुख, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय