कञ्चनपुर / कञ्चनपुर जिल्लामा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका १८ वर्षिय किशोर रहेका छन् । उनलाई साेहि नगरपालिका वडा नम्बर १८ महाकाली अस्पतालको शव गृह क्षेत्रबाट पक्राउ गरिएकाे कञ्चनपुर प्रहरीले जनाएको छ ।
उनलाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरको टोलीले एक दशमलव २१ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीकाे भनाइ छ ।











