कैलाली / कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका पप्पु कामी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उपचारकाे लागि सेती अस्पतालमा लगिएका उनकाे चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन् ।
प्रहरीका अनुसार पुप्पुले चलाएको से ५ प ४७७५ नम्बरको मोटरसाइकल सनिवार राति इ गाउँमा अनियन्त्रित भइ दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











