मनमाेहन ठकुल्ला, सिलगढी,
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल डाेटीले आयुर्वेद तथा जडिबुटी परिचयात्मक कार्यक्रम गरेकाे छ ।
शुक्रबार सिलगढी स्थित शैलेश्वरी गेस्ट हाउसमा एक ओैपचारिक कार्यक्रमकाे आयाेजना गरी महिला स्वास्थ्य स्वयं सेविकाहरूसँग आयुर्वेद तथा जडिबुटी सम्बन्धी परिचयात्मक कार्यक्रम गरिएको हाे । “मेराे स्वास्थ्य मेराे जिम्मेवारी ” भन्ने मुल नाराकासाथ कार्यक्रममा ओैषधीजन्य जडिबुटी प्रयाेग गरेर आफू स्वस्थ कसरी रहने भन्ने विषयमा छलफल गरिएकाे थियाे ।
आयुर्वेद ओैषधी घरमै उत्पादन हुने भएकाले आगामी दिनहरूमा कार्यक्रमबाट सिकेका कुराहरूलाई दैनिक व्यवहारमा ल्याउने भन्दै सहभागी स्वयिसेविकाहरूले बताएका छन् । स्वयंसेविकाहरूले खुसी व्यक्त गर्दै गाउँ घरमा उत्पादन हुने खानेकुरालाई ओैषधीकाे रूपमा प्रयाेग गर्ने बताएका छन् ।
आयुर्वेद सम्बन्धी सिकेका कुरा समुदायमा निर्मित आमा समूहमा सबैलाई जनचेतना फैलाउन आवश्यक रहेकाे दिपायल सिलगढी नगरपालिका ९ कलेना स्वास्थ्य चाैकी अनमी हरिमाया खड्काले बताइन् । आगामी दिनहरूमा सबै वडाबाट स्वास्थ्य अनमीकाे सहभागीता गराउदाँ कार्यक्रम बढि प्रभावकारी हुने खड्काले बताएकी छन् । आफू स्वयं स्वास्थ्यकर्मी भएकै नाताले आयुर्वेदजन्य ओैषधी सम्बन्धी धेरै कुरा सिकेकाे बताएकी छन्।
घरकाे भान्साकाेठा लगायत अन्य क्षेत्रमा दैनिक प्रयाेग गर्दै आएका खानेकुरालाई ओैषधीजन्य रूपमा कसरी प्रयाेग गर्न सकिन्छ भन्ने उदश्येले स्वयंसेविकासँग जडिबुटीकाे बारेमा परिचयात्मक कार्यक्रम गरिएकाे जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दिपायलका बरिस्ठ वैद्ये तुलाराम हाैजाली मगरले बताए ।
याेग प्रशिक्षक बलदेव जाेशीका अनुसार स्वयंसेविका समुदायकाे पहिलाे डाक्टर भएकाले दैनिक प्रयाेग गर्दै आएका जडिबुटीलाई ओैषधीका रूपमा व्यवस्थित तरिकाबाट उपयोग गर्न आवश्यक रहेकाे बताए । महिला स्वयंसेविबाट आयुर्वेदजन्य ओैषधीकाे बारेमा बढि जनचेतना फैलने जाेशीले बताएकाे छ ।
आम समुदाय स्थरमा आयुर्वेदकाे महत्त्व बुझ्न आवश्यक रहेकाे बुझ्न र बुझाउन आवश्यक रहेकाे दिपायल सिलगढी नगरपालिका वडा न ९ का वडा अध्यक्ष हर्क बहादुर साउदले बताए । गाउँघरमा दैनिक प्रयाेग गर्दै आएका मसलादार खानेकुरालाई आयुर्वेद पद्धतिबाट प्रयाेग गर्न सकिने अध्यक्ष साँउदले बताए ।
उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, पत्रकार, आयुर्वेद कर्मचारी र २२ जना स्वास्थ्य स्वयंसेविकाकाे सहभागी रहेकाे थियाे । 











