कैलाली / कैलाली जिल्लाको सहजपुरबाट संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित एक जनालाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सङ्घीय प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले चुरे गाउँपालिकाको सहजपुरबाट दुई थान कस्तूरीको बिनासहित सोही ठाउँ बस्ने ४५ वर्षीय दानबहादुर विकलाई पक्राउ गरिएकाे हाे ।
विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरी स्राेतले बताएकाे छ ।











