बझाङ, बझाङकाे बुंगल नगरपालिका वडा नमबर २
जिप दुर्घटना भएकाे छ ।
आज बिहान ६:३० बजे साेही ठाउँ गिरौ सुगरेबगर भन्ने स्थानमा से.१ज. ७९४ नम्बरको जिप दुर्घटना हुँदा जिप चालक घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिप दुर्घटनामा परी घाइते हुनेमा चालक बुंगल नगरपालिका १ गोइचन बस्ने बर्ष ३० का हर्क बहादुर बोहरा रहेका छन् ।चालक बोहराको टाँउकोमा चोट लागेको छ । उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा सामान्य उपचार पश्चात् धनगढी रिफर गरीएको छ । घाइते बोहराको अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिप स्टाट गरी ब्याग गर्ने क्रममा एक्कासी सडकबाट १०० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएकाे छ ।











