डडेल्धुराः डडेल्धुराकाे अमरगढी नगरपालिका–२ मा जिप दुर्घटना भएको छ।
जिप दुर्घटनामा परी चालकसिहत तीन जना घाइते भएका छन्। घाइते हुनेमा चालक दिपक बुढाऐर, दानबहादुर ओली घाइते भएका छन् भने एक जनाको परिचय खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ओलीको अवस्था गम्भीर रहेकाे छ । अन्य दुई जनाको अवस्था भने सामान्य रहेकाे प्रहरीकाे भनाइ छ । ।घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जिप दुर्घटना भएको हो











