कैलाली / कैलालीको शिवशक्ति सामुदायिक वनमा एक पुरुष मृत अबस्थामा फेला परेका छन्।
मृत फेला पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका-१ लक्ष्मीपुर बस्ने ७३ वर्षीय गंगाधर गौतम रहेकाे कैलाली प्रहरीस्राेतले जनाएको छ ।
उनी मंगलवार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय सुखडबाट आवश्यक अनुसन्धान भईरहेको बताएको छ।











