सिलगढी / हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने भएकाे छ ।
दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राति पनि देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाउको छ। त्यस्तै देशका हिमाली र पहाडी भूभागमा अत्यधिक मात्रामा चिसाे बढेकाे छ भने फेदिमा तुवाँलो लागेकाे छ ।
देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।











