डडेल्धुरा / डडेल्धुराको अमरगढी नगरपालिका ५ बागबजारमा ३ वटा पसलमा आगलागी भएकाे छ । शनिबार राति पौने ९ बजेकाे सामयमा बागबजार अबस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आगलागीबाट दुईटा फेन्सी पसलमा रहेका कपडाहरू जलेर नस्ट भएका छन् भने मेडिकलमा रहेका औषधि लगायत सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।
डडेल्धुरा प्रहरीका अनुसार उक्त आगलागीलाई अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टा पछि मात्रै नियन्त्रणमा लिएका हुन् ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ।











