बाजुरा / बाजुराको बुढीगंगा नगरपालिका–१० रिठा खर्रामा ट्याक्टर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा कैलाली जिल्लाकाे धनगढी उपमहानगरपालिका–१९ फुलवारीका ४२ वर्षीय बिरसिंह चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको अछाम बयलपाटा अस्पतालमा उपचारको क्रममा गए राति मृत्यु भएको हाे ।
बाजुरा प्रहरीका अनुसार शुक्रवार साँझ साँफे–मार्तडी राजमार्गमा साँफेबाट मार्तडी सदरमुकाम तर्फ जादै गरेको ट्याक्टर दुर्घटना भएकाे हाे । अन टेस्ट ट्राली नजोडेको ट्याक्टर रोडबाट अन्दाजी १०० मिटर तल खसेकाे छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











