कैलाली / कैलालीकाे गौरीगंगा नगरपालिका– ६ बनबेहडामा मोटरसाइकल र हाइस एक आपसमा ठोक्किदाका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पुर्वबाट पश्चिम दिँशातर्फ आइरहेको सु.प प्र ०१–००१ ज १५४० नम्बरको हाइस र विपरीत दिँशाबाट गइरहेको सु.प प्र ०१–०१०प १३२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा माेटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका– ८ का अन्दाजी ३० वर्षीय टेकेन्द्र शाही रहेकाे प्रहरीले जनाएको छ । गम्भीर घाइते शाहीकाे मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।
हाइस र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक भने फरार रहेको प्रहरीकाे भनाइ छ ।











