दार्चुला / दार्चुलामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाकाे दुहुँ गाउँपालिका–४ की करिब ५५ बर्षीया शान्तीदेवी बमको रहेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
बिहीबार बिहान दार्चुलाबाट महाकाली यातायातको सु.प प्र ०२–००१ ख १२५५ नम्बरको बसमा चढेकी बमलाई शुक्रबार बिहान बागमती प्रदेश ०३–००१ ख १८६६ नम्बरको ट्रकले ठक्कर दिएको हो। छोरा भेट्न दार्चुलाबाट काठमाण्डौं जाँदै गरेकी उनलाई कपिलवस्तुको शिवपुर नगरपालिका–५ मा बस रोकिराखेको अवस्थामा बाहिर निस्केको बेला विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्रकको ठक्करबाट गम्भीर घाइते बमलाई उपचारका लागि चौराह अस्पातल बुटबल लगिएको थियाे । उनकाे अस्पतालमा उपचारकाे क्रममा मृतु भएकाे कपिलवस्तु प्रहरीले जनाएको छ ।
मृतक बमका छोरा काठमाण्डौंमा छन्। शान्तिदेवीलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











