कञ्चनपुरः कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका- १६ मा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साेहि ठाउँ मझगाँउका २३ वर्षीय दिपेन्द्र भण्डारी रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दुर्घटना परी गम्भीर घाइते भएका भण्डारीलाई तत्काल उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा लगिएकाे थियाे । उनलाई अस्पतालमा पुर्याए पश्चात् डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीकाे भनाइ छ ।
म २ प ३१६९ नम्बरको माेटरसाइकल बिहीबार राती भीमदत्त नगरपालिका-१५ गोबरिया स्थित महेन्द्रनगर–मझगाँउ सडक खण्डमा अनियन्त्रित भएर दुर्घटना भएकाे हाे । उक्त माेटरसाइकल बिजुलीको पोलमा ठोकिन गई दुर्घटना भएको कञ्चनपुरका प्रहरीले जनाएको छ ।











