बझाङ /बझाङकाे केदारस्यूँ गाउपालिका तरपानीमा अटो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
अटाे दुर्घटनामा परी घाइते हुनेमा केदारस्यूँ गाउँपालिका -४ बस्ने अटो चालक ४८ वर्षीय दिपक भण्डारी, सोहि ठाउँका ५४ वर्षीय दिल बहादुर मल्ल वडा नं. ३ का २५ वर्षीय जिवन ओखेडा र ४५ वर्षीय लाल बहादुर ओखेडा रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइतेहरूकाे हात र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीकाे भनाइ छ । उनीहरूकाे प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भैरहेको छ ।
सु.प.प्र.०१००१ ह ३९२६ नं. को अटाे केदारस्यूँ गाउपालिकाको सैन्स्युँबाट बागथला बजार तर्फ जाँदैगर्दा बिहीबार साझ ४:४० बजेतिर दुर्घटना भएकाे हाे । अटाे भित्री कच्चि सडक खण्डमा अनियन्त्रित भएर दुर्घटना भएको हाे । अटो चालक र अटो प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरी स्राेतकाे भनाइ छ ।











