बैतडी–बैतडी जिल्लाको पाटन नगरपालिका–२ अबस्थित एक घरमा आगलागी भएको छ ।
बुधबार राती साढे ११ बजेतिर साेही ठाउँ बिनोडास्थित जयन्ती पन्तको घरमा आगलागी भएको स्थानीय स्राेतले जनाएको छ ।
दुईकोठा र एक भान्सा भएको काठको भुँइतले घरमा आगलागी भएको र आगलागीबाट घरमा भएको सम्पूर्ण सामग्रीसहित घर जलेर पूर्णरूपमा ध्वस्त भएकाे छ । घरभित्र रहेका अनाज गरगहना र नगद २५ हजार जलेर नष्ट भएकाे छ भने सबै लगाएर ५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।
पन्तकाे पारिवारिक स्राेतका अनुसार भान्सा कोठामा बालेको आगो घरमा सल्किएपछि आगलागी भएको हाे भने मानविय क्षति नभएकाे बताएका छन् । पन्त एकल महिला रहेकाे खुल्न आएकाे छ । केही महिना पहिले निर्माण गरिएकाे नयाँ घर जलेर नष्ट भएपछि पन्त परिवारको विचल्ली भएको छ । आगलागी भएकाे थाहा पाउनासाथ स्थानीयले आगाे नियन्त्रणमा लिन खाेजे पनि नभ्याएको स्थानीय स्राेतकाे भनाइ छ ।











