डडेल्धुराः डडेल्धुराकाे नवदुर्गा गाउँपालिका वडा नम्बर २ रउतगाउँमा जिप दुर्घटना भएको छ।
जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जिप दुर्घटना हुँदा ८ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइतेहरूकाे स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भैरहेको छ ।











