युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला डोटी / डोटीमा राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय डाेटीका अनुसार लामाे समयपछि माथिल्लो निकायबाट हाल १० हजार १ सय ६५ राष्ट्रिय परिचयपत्र विवरण पेस भई आएपछि नागरिकलाई राष्ट्रिय परिचयपत्र साेमबारबाट वितरण गर्न सुरु गरिएकाे हाे

‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले वितरण राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद अर्यालले बताए । परिचयपत्र वितरण गर्दा भिडभाड हुने भएकाले प्रशासन कार्यालयले परिचयपत्र बाहक नामकाे मोबाइलमा सन्देश पठाएर पश्चात् मात्र प्रशासन कार्यालयमा परिचयपत्र लिन आउन आग्रह गरिएकाे प्रमुख अर्यालले बताएका छन् ।

डोटीमा राष्ट्रिय परिचयपत्रका लागि विसं २०७७ भाद्र २८ गते देखि विवरण सङ्कलनको काम सुरु गरिएको थियो हालसम्म डोटीमा ९६ हजार १ सय २१ जनाको विवरण सङ्कलन गरिएको समेत प्रजिअ अर्यालले बताए ।

अब समाजिक सुरक्षा भत्ता र राहदानी बनाउन अनिवार्य राष्ट्रिय परिचयपत्र लिएकाे हुने पर्ने भएकाे छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हाे ।

परिचयपत्रकाे फाराम सुची अनुसार वैयक्तिक र जैविकका आधारमा परिचय सूची तयार पारिएकाे हुन्छ । त्यसैका आधारमा वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान्– श्रीमतिको नाम, स्थायी–अस्थायी ठेगाना पर्दछन् भने जैविक विवरण अन्तर्गत औँठाछाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय