कैलालीः कैलालीको टिकापुर नगरपालिका-५ झन्झटपुरमा एक वृद्ध मृत अबस्थामा फेला परेकी छन् ।
साेमबार दिउँसो रानीकुलोमा सोही ठाँउ बस्ने ८५ वर्षीया धनसरा देवी शाह मृत अबस्थामा फेला परेकी हुन्।
उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।











