कैलाली / कैलालीको धनगढीमा बालिका जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरिएको छ।
जिल्लाकाे धनगढी उपमहानगरपालिका–२ की ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
२० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमवार जाहेरी दर्ता परेकाे । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयकाे भनाइ छ । साथै बालिकाको स्वास्थ्य परीक्षण गरेर कानुनी प्रक्रिया अघि बढेको जनाएको छ ।











