युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा माैरीपालन व्यवसाय फस्टाउदै गएको छ । आर्थिक वर्ष २०७८/०७९ र गत आर्थिक वर्ष २०७९/०८० काे तथ्यांक अनुसार वर्षेनी माैरीपालन व्यवसायीक रूपमा बृद्वी हुँदै गएकाे पाइएको हाे ।

आर्थिक वर्ष २०७८/७९ मा ६३० घार माैरी घारबाट ३ हजार १ सय ५० किलाेग्राम उत्पादन हुन गई करिव ४५ लाख रूपैयाँकाे हाराहारीमा आमदानी भएकाे कृषि ज्ञान केन्द्र डाेटीले जानकारी दिएकाे छ ।

त्यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा ८ सय मौरी घारबाट ५ हजार ५ सय किलोग्राम मह उत्पादन हुन गइ ५५ लाख रुपैयाँ आम्दानी भएको तथ्यांकमा उल्लेख गरिएकाे छ । यसरी २ वर्षको तथ्यांककाे दाँजोमा जिल्लामा वर्षेनी कृषि ज्ञान केन्द्रबाट अनुदान लिई व्यवसायीक रूपमा माैरी पालन गर्नेकाे संख्या वृद्धि हुँदै गएकाे देखिन्छ ।

याे २ वर्षकाे प्रस्तुत तथ्यांक माैरीपालन व्यवासायीक रूपमा अनुदान लिएका किसानहरूकाे मात्रै रहेको र जिल्लामा उत्पादन भएको महको अझै यकिन तथ्याङ्क हुन नसकेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताए ।

माैरीपालनकाे सन्दर्भमा निर्वाहमूखी माैरीपालक कृषकहरूले पनि कति मह उत्पादन गर्छन् भन्ने कुरा तथ्याङ्कमा समावेश नभएको हुन सक्ने अनुमान गरिएकाे छ । कृषि ज्ञान केन्द्रले माैरीपालन पकेटको रूपमा जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिका गरी जिल्लाका ३ स्थानीय तहलाई राखिएकाे छ ।

निमित्त प्रमुख अबस्थिले भने जिल्ला भित्र व्यवसायीक रूपमा मौरी पालकहरूकाे तथ्यांक संकलन गरिएकाे छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा व्यवस्थित तथ्यांक संकलनका लागि सम्बन्धित स्थानीय तहकाे कृषि शाखालाई जिम्मेवारी सुम्पेर जानकारी दिएकाे छ ।

कृषि ज्ञान केन्द्र डाेटीले ‘मौरी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत मौरी पाल्न ईच्छुक किसानका लागि ५० प्रतिशत अनुदान दिने भएकाे छ । वर्तमान समयमा डोटीका माैरीपालकले ८ सय देखी १२ सय रुपैयाँ प्रति किलो दर भाउले मौरीको मह बेच्दै आएकाे पाइन्छ । जिल्लाका प्रायः सबै क्षेत्रमा मेलेफेरा र सेरेना गरी दुई प्रजातिका मौरी पाइन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय