कैलाली / कैलालीकाे धनगढी बोराडाँडीमा चरेससहित एक एम्बुलेन्स चालक पक्राउ परेका छन् ।
बझाङ जिल्लाबाट बिरामी ल्याएर धनगढी आएका केदारस्यु गाउँपालिका–३ का ३७ वर्षीय एम्बुलेन्स चालक रामबहादुर खातीलाई चरेससहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
खाती बझाङको रायल स्वास्थ्य केन्द्रको ००१ झ ०५४२ नम्बरको एम्बुलेन्सका चालक हुन ।











