बझाङ / बझाङकाे जयपृथ्बी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका १ आनन्दपुरमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकि छिन् ।
घाइते हुनेमा ४४ वर्षिया अम्मरा देबी बोहरालाई रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बाेहरालाई आज (आइतबार) साँझ सवा ५ बजेको डडेल्धुराबाट बित्थडचिर गाउँपासकिला तर्फ आउदै गरेको सु.प.प्र.०१०११ प २३६० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी हुन् । उनकाे मोटरसाइकलको ठक्करबाट बाँया खुट्टा र टाँउकोमा चोट लागेको बझाङ प्रहरीले जनाएको छ । घाइते बाृहरालाई उपचारको लागि डडेल्धुरा लगिएको छ ।
मोटरसाइकल र चालक सोहि गाउँपालिकाका २४ वर्षिय निराजन बिष्टलाई नियन्त्रण लिइएको छ । घटनाबारे बझाङ प्रहरी थप अनुसन्धान गरिरहेको छ ।











