मनमाेहन ठकुल्ला सिलगढी, डाेटीमा महिला शक्ति विकास केन्द्र नेपालकाे सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
आइतबार सिलगढी स्थित नेपाल परिवार नियाेजनकाे हलमा एक ओैपचारिक कार्यक्रम आयाेजना गरी संस्थाले दिपायल सिलगढी नगरपालिका वडा न ७ मा वर्षभरी गरेका कामहरूकाे सामाजिक लेखा परिक्षण गरिएकाे हाे ।
महिला शक्ति विकासकाे समूहमा बसेर महिलाकाे नेतृत्व विकास भएकाे दिपायल सिलगढी नगरपालिका ७ उन्नति टाेल समूह की बिनिता महरा बिष्टले बताइन् । समूह बनाएर महिलाहरूले समुदायमा आर्थिक बचत गरेका छन् । समुहबाट ऋण लिएर सदस्य महिलाहरूले बाख्रापालन, तरकारी खेती लगायतका घरेलु व्यवसाय गर्दै आएकाे उनले बताइन् । आपत विपत परेकाे बेला समुहबाट ऋण लिर आर्थिक जाेहाे गर्ने गरेकाे लाली गुराँस समूहकी अध्यक्ष देवी कुन्जेडाले बताएकी छन् । समुहमा बसेर महिलाहरू आत्मनिर्भर बन्दै अगाडि बढेकाे उनले बताएकी छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिका नगर उपप्रमुख कलावती महर साउदका अनुसार संस्थाले सबै महिलालाई समूहमा समेटेर अगाढी बढाउनु पर्ने बताइन् । उपप्रमुख साउदले कार्यक्रममा बाेल्दै भनिन् ‘ अधिकार मागेर भन्दा पनि महिलाहरूले काम र कर्तव्य भूमिका निर्वाह गरेर आफ्नाे अधिकार प्राप्त गर्नु पर्ने बताएकी छन् ।
संस्थाले लैङ्गकि हिंसा सम्बन्धी, दैनिक बचत, जलवायु परिवर्तन सम्बन्धी तालिम, राजनीतिक चेतना सम्बन्धि तालिम आयआर्जन सम्बन्धी तालिम लगायतका तालिम गर्दै आएकाे कार्यक्रमका अन्य सहभागी महिलाहरूले बताएका छन् । सीप सिकेर व्यवहारमा उतारेकाे महिलाहरू बताउछन्
कार्यक्रम लागू भएका वडाहरूमा महिला समूह सम्बन्धित वडालाई हस्तान्तरण गरिएकाे संस्थाले जानकारी दिएकाे छ । आगामी दिनहरूमा महिलाहरूका गुनाहरूलाई समेटेर फरक ताैरतरिकाले कार्यक्रम अगाडि बढाउने कार्यक्रमका सहजकर्ता झलक पालीले बताएका छन् । महिला समूहलाई दिगाे बनाउन महिला समुहका पदाधिकारीहरू लगायत सबैले सकरात्मक भूमिका खेल्नु पर्ने पालीले बताए।
कार्यक्रममा राजनीति दल, वडा जनप्रतिनिधि, महिला अधिकारकर्मी लगायत सम्पूर्णकाे सहभागीता रहेकाे थियाे ।











