बझाङ / बझाङ जिल्लाकाे केदारस्यु गाउँपालिका वडा नम्वर ८ लोतुमा भीरबाट लडेर एक जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा साेही ठाउँ मण्डेलगाउँका अन्दाजी ५० वर्षीय धन बहादुर बोहरा रहेकाे आफ्न स्राेतले जनाएको छ ।
बोहरा आईतबार दिउसो बाख्रा चराउने क्रममा पारीमेला भीरबाट लडेर करिब ५० मिटर तल खसेका हुन् ।
उनकाे खुट्मा गम्भीर चोट लागेको र उपचारका लागी जिल्ला अस्पताल बझाङ ल्याउदै गरेकाे पारिवारिक स्राेतले जनाएको छ ।











