बझाङ / बझाङ जिल्लाकाे केदारस्यूँ गाउँपालिका वडा नम्बर १ बिलैमा एक युवक मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा साेही ठाउँ बस्ने वर्ष २५ का राम कुमार भण्डारी रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
भण्डारी शनिबार आफ्नै खेतमा सिचाई गर्न गएका थिए । अबेरसम्म घरमा नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा चौडाम बगरको कान्द्वाल भिरमा मृत अवस्थामा फेला परेको बझाङ प्रहरीले जनाएको छ ।
तत्काल घटना स्थलमा प्रहरी टाेली खटेर (आज) आईतबार राति २ः३० बजेको समयमा शव ल्याएकाे छ । पाेष्टआर्टमका लागि शव जिल्ला अस्पताल बझाङमा ल्याएको प्रहरी स्राेतले जनाएको छ ।











