मनमाेहन ठकुल्ला सिलगढी ,डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ मा एक पुरूषकाे शव फेला परेकाे छ ।
साेही ठाउँ भिमदत्त राजमार्ग अन्तर्गतबाट करिब ७ सय मिटर तल सिद्ध बाबा मन्दिर नजिक खोलामा अज्ञात पुरुषको शव फेला परेकेा जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
शव शनिवार साँझ भेटिएको र मृतककाे नाम, थर, वतन नखुलेको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिएकाे छ ।
स्थानीय महिला जङ्गलमा घाँस काट्न गएका बेला शव देखेपछि प्रहरीलाई खबर पुगेकाे हाे । घटनाकाे विषयमा खबर पाए लगत्तै जिल्लाबाट प्रहरी उपरीक्षकसहितकाे टाेली घटना तर्फ गइरहेको श्रीवातस्वले जानकारी दिएकाे छ । घटनाबारे थप विवरण आउन बाकी रहेकाे जानकारी दिएकाे छ ।











