बर्दिया / काठमाण्डौंबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको यात्रुवाहक बस बर्दिया जिल्लामा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बारबर्दिया नगरपालिका–९ मा ना ६ ख ७४४२ नम्बरको महाकाली यातायातको बस आज (शनिबार) बिहान दुर्घटनामा परेको हो।
बसमा २५ जना सवार मध्य दुर्घटनामा परी ८ जना सामान्य घाइते भएका छन् । अन्य सकुशल रहेको प्रहरीकाे भनाइ छ ।











