बैतडी / बैतडी जिल्लाको सुर्नया गाउँपालिका –५ बिष्टपालीमा एक युवती मृत फेला परेकी छन् ।
मृत फेला पर्नेमा २१ बर्षीया बिनिता बिष्ट रहेकी जिल्ला प्रहरी कार्यालयका बैतडीले जनाएको छ ।
बिनिता आफ्नै घर नजिकैको मृत फेला परेकी हुन् । मृतक बिष्टका श्रीमान महेश बिष्ट रोजगारीको सिलसिलामा मलेसियामा रहेको बुझिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











