कञ्चनपुर / कञ्चनपुरकाे भीमदत्त नगरपालिका–८ बाट चोरी मुद्दाका फरार एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा साेही ठाउँका बसन्त सुनार रहेकाे कञ्चनपुर प्रहरीले जनाएको छ । उनलाई घर ठेगानाको आधारमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका सुनारलाई तोकिएको कैद सजाय भुक्तान गर्न कारागार चलान गरिएको छ।
उनी जिल्ला अदालत कञ्चनपुरले २०८० अषाढ २७ गते चोरी मुद्दामा पाँच महिना ७ दिन कैद भुक्तान गर्न बाँकी हुँदै फरार रहेका प्रतिवादी हुन् ।











