बाजुरा / बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको बुढीनन्दा नगरपालिका वडा–३ का अन्दाजी ३७ वर्षीय धर्मा बिस्टको रहेकाे वडा कार्यालयले जनाएको छ ।
धर्मा विहिबार बिहान बडाला नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरमाथीबाट खसेको ढुङ्गा लागेर घाइते भएकी थिइन् । घाइते धर्मालाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र लिदै गर्दा बाटोमा मृत्यु भएको पारिवारिक स्राेतले जनाएको छ ।











