कैलाली / कैलालीको गाेदावरी नगरपालिका -१ अत्तरियामा अवैध मदिरा नष्ट गरिएको छ।
ईलाका प्रहरी कार्यालय मालाखेती , वडाका प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधीले बजार अनुगमनका क्रममा तीन घरबाट सो परिणाममा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको जनाएको छ ।
गोदावरी नगरपालिका–१ की ३४ वर्षीया पबित्रा गुरूङ्ग, ३९ वर्षीया तारा थापा र ४१ वर्षीय तिलक गुरूङ्गको घरबाट घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने भाँडा कुडा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ।











