युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, सिलगढी
नेपाली एउटा उखान प्रचलनमा छ “जाे चाेर उसकै ठुलाे स्वर” पुर्विचाैकी गाउँपालिकामा करिब त्यस्तै भएकाे छ । अनुगमनका लागि पुगेकाे गाउँपालिकाकाे उपाध्यक्ष सहितकाे टाेलीलाई नै शिक्षकले धम्काउन थालेका छन् ।

केही दिनयता उक्त गाउपालिकाकी उपाध्यक्ष पशुपति खड्काकाे नेतृत्वमा रहेकाे टिमले गाउँपालिकामा रहेका विद्यालयहरुमा पसगी छडके अनुगमन सुरु गरेकाे छ । अनगमन कै क्रममा साेमवार उक्त टाेली गाउँपालिकाकाे वडा नं. १ मा रहेकाे नृभुश्वरी आधारभुत विद्यालय छेपलाडीमा पुग्याे । विद्यालय पुग्दा अनुगमन टाेलीलाई लागेकाे थियाे विद्यालय खुल्ला छ । तर उक्त विल्यालय निर्धारित कार्यालय समय भन्दा अगाबै बन्द देखेपछि अनुगमन टाेली जिल्ल पर्याे ।

शिक्षकहरुकाे हकहितका लागि स्थापित शिक्षक महासंघका अध्यक्ष पुर्ण वहादुर खड्का कार्यरत उक्त विद्यालयकाे हविगत देख्दा आनुगमन टाेलीले विद्यालयका प्रधानाध्यापकलाई फाेन सम्पर्क गरी जानकारी लिन खाेज्दा प्रधानअध्यापक काम विशेषले सिलगढी पुगेकाे अनुगमन टाेलीले थाहा भयाे । प्रधानाध्यापकले केही समयमा आफू विद्यालय पुग्ने समेत बताए ।

केही समयकाे अन्तरालमा महासंघका अध्यक्ष समेत रहेका उक्त विद्यालयका प्रधानाध्यापक खड्का कार्यालयमा पुगे पछि उनीसंग विद्यालयको यस्तो किन भन्ने कुरा गरेपछि विद्यालयको नियम ३:३० मा कार्यालय बन्द गर्ने रहेकाे बताउदै अनुगमन टाेली संग नै झर्किए । टाेलीका सदस्य भन्छन्, खड्काले झर्कदै गैर जिम्वेवारी पुर्ण रुपमा प्रस्तुत भए । टाेलीका अनुसार खड्काले भने – सबै कुरामा शिक्षकलाई दोषलगाउने प्रचलन छ, म सबै कुराको जिम्मेवारी लिनेठेकेदार हैन् । पत्रकार सहितकाे टाेलीमा पत्रकार दिपेन्द्र खड्कालाई लक्षित गर्दै प्रधानध्यापक पुर्ण वहादुर खड्काले परिणाम नराम्रो हुन सक्ने भनी धम्की समेत दिए । हामिले पत्रकार खड्कालाई सम्पर्क गर्दा उक्त कुराकाे आफू संग प्रमाणकाे रुपमा भिडियाे समेत रहेकाे दावी गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष तथा अनुगमन टाेली संयाेजक पशुपति खड्काले सुपअनलाईन संग कुरा गर्दै अनुगमन टाेलीसंगै रहेका पत्रकारले गरेकाे प्रश्नपछि प्रधानाध्यापक खड्का र पत्रकार खड्का बीच सामान्य विवाद समेत भएकाे थियाे । पत्रकारले ‘कार्यालय निर्धारित समय भन्दा अगाडि किन विद्यालय बन्द भयाे ‘ भन्ने प्रश्न गर्दा प्रधानाध्यापक खड्का जंङ्गिएका हुन् । हामीले उपाध्यक्षलाई अब के हुन्छ भनी गरेकाे प्रश्नमा उनले आफूहरु अनुगमन कै क्रममा रहेकाे र यस विषयमा सोचेर गाउँपालिकाले निर्णय लिने बताईन् ।

गाउँपालिका प्रवक्ता तथा वडा २ का वडा अध्यक्ष याेगेन्द्र ठकुल्लाका अनुसार उनीहरू बीच सामान्य विवाद भएकाे र पालिका भित्रका विद्यालयहरू आजभोलि चिसाेका कारण प्रायः ३:४५ मा बन्द हुने गरेका बताएका छन् ।

स्मरण हाेस्, यीनै वडा अध्यक्ष  र महासंघका अध्यक्ष समेत रहेका प्रधानाध्यापक खड्का जुवाखालबाट गत साउन महिनाकाे १६ गते मंगलबार धनगढी उपमहानगरपालिका वडा नं. ४ बसपार्कमा अबस्थित ‘कलेल हाेटल’बाट राती ९ बजेकाे समयमा पक्राउ परेका थिए । पछि उनीहरूलाई प्रहरी प्रशासनले धराैटीमासमेत छाेडेकाे थियाे ।

शिक्षाक्षेत्रमा रहेकाे वेथितिमा सुधार ल्याउने उदेश्यका साथ पूर्वीचाैकी गाउँपालिकाले केही दिनयता पालिका भित्र रहेका विद्यालयहरूमा अनुगमन गरिरहेकाे छ । हाल सम्म गरिएका अनुगमनका आधारमा पालिका भित्रका प्रायः विद्यालयहरूमा शिक्षकहरु विभिन्न बहानामा विद्यालयमा उपस्थित नहुने गरेकाे पाईएकाे अनुगमन टाेलीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय